सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक महिलाले जन्माइन् एकसाथ १० बच्चा

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ २६, १२:११

एजेन्सी : एक महिलाले एकसाथ १०  बच्चालाई जन्म दिएर विश्व किर्तिमान कायम गरेकी छिन्।  

एक महिनाअघि मोरक्कोको मालीमा एक महिलाले ९ वटा बच्चाको जन्म दिएकी थिइन्। त्यो रेर्कडलाई साउथ अफ्रिकाकी गोसियामी धमारा सिटहोल नामकी महिलाले तोडेकी छन्।

ती ३७ वर्षीया महिलाले ७ जुनमा १० बच्चालाई जन्म दिएकी थिइन्। गर्भवती भएका बेला डाक्टरले ६ वटा बच्चा जन्मिन सकिने बताएका थिए। उनका पतिले भने ८ वटा बच्चा जन्मिन सक्ने अनुमान गरेका थिए।

दस वटा बच्चा जन्मिएपछि उक्त दम्पती खुसी भएको बताइएको छ। ती महिलाले शल्यक्रियाको माध्यमबाट बच्चाको जन्म दिएकी थिइन्। 

कमेन्ट लोड गर्नुस