सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु

२०७८ जेठ २६, १०:४८ खबर संवाददाता

दार्चुला: दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको महाकाली नगरपालिका–३ काटैँ बस्ने ३१ वर्षीय लोकेन्द्र बमको भीरबाट लडेर मृत्यु भएको हो। 

मंगलबार जिल्ला सदरमुकाम खलंगाबाट घर जाने क्रममा राति १० बजेतिर सोही ठाउँको धार भन्ने भीरबाट लडेर घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाचुलाले जनाएको छ।


 

कमेन्ट लोड गर्नुस