सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुप आईडलको दोस्रो चरण सुरु

२०७५ कार्तिक ८, ०५:४८ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशमा लुकेर रहेको प्रतिभावान कलाकारहरुको उजार गर्न उदेश्यले असोज २५ गतेदेखि सुरु हुने भएको सुप आईडल सिजन–२’ को दोस्रो अडिसन धनगढीमा शुरु भएको छ । पहिलो चरण अन्तरगत असोज २५ गतेदेखि प्रदेश ७ का नौ वटै जिल्लामा अडिसन लिएको आयोजकले दोस्रो राउण्डको अडिसन शुरु गरेको छ । तिलक फिम्स प्रालिको आयोजनामा भईरहेको सुपआईडलको दोस्रो संस्करणमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका १ सय २० जनाको सहभागिता रहेपनि त्यसबाट ८० जना छनौट भएका छन् ।

गायन प्रतियोगिताको एक कार्यक्रमका विच धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मेयर वडले सुदूरपश्चिममा लुकेर रहेका प्रतिभावान कलाकारलाई बाहिर ल्याउन सवै स्थानीय तहले सहयोग गर्न आवश्यक रहेको बताए । सुप आईडलको उद्घाटन शत्रमा यस क्षेत्रबाट कलाकारितामा योगदान गर्ने ब्यक्तीहरुलाई सम्मान समेत गरिएको छ । सुप आईडल सिर्जन २ का संयोजक दिपक जोशीले यस क्षेत्रबाट राष्ट्रिय स्तरको कलाकार उत्पादन गर्ने सुप आईडल २ आयोजना गरेको बताए । 

प्रथम सुप आईडल विजेतालाई २५ हजार रुपैया दिईएको थियो भने सुप आईडल सिजन–२ को विजेताले १ लाख पुरस्कार पाउने छ । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० र ३० हजार रुपैया पुरस्कार पाउनेछन ।

कमेन्ट लोड गर्नुस