सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोमबार सुदूरपश्चिममा थप ५ जना संक्रमितको मृत्यु, ३४५ जना निको

२०७८ जेठ २४, ०६:१३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा सोमबार थप ५ जना संक्रमितको मृत्यु भएको छ।

कैलालीका २ जना, डोटी, डडेल्धुरा र बाजुरा र बैतडीका १÷१ जना गरि ५ जनाको मृत्यु भएको हो। भने ३ सय ४५ जना निको भएर घर फर्किएका छन्। 

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा ४२८ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा १३ सय १६ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। यी दुवै विधिबाट गरिएको परिक्षणमा २८३ जनामा संक्रमण पुस्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २८३ जनाको नमूना परीक्षण गर्दा १३० जना, महाकाली अस्पतालमा ४६ जनाको नमुना परीक्षण गर्दा २२ जना, डडेल्धुरा अस्पतालमा २१ जनाको नमूना परीक्षण गर्दा ८ जना, डोटी अस्पतालमा ५७ जनाको नमूना परीक्षण गर्दा १७ जना र अछामको कमलबजार प्रोगशालामा २१ जनाको परिक्षण गर्दा ११ जनामा  संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ३८ हजार ३४० नमूना परीक्षण गर्दा ४१ हजार ५८३ जनामा संक्रमण पुस्टि भएको छ।

हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका ३१ हजार १८७ जनाले कोरोना जितेका छन् भने, ५४२ जनाको मृत्यु भएको छ।
 

कमेन्ट लोड गर्नुस