सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको छांगरु र तिंकरमा के गर्दैछन् प्रहरी डिआइजी ?

२०७८ जेठ २३, ११:४६ खबर संवाददाता

दार्चुला: नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रकाश अधिकारी नेतृत्वको टोली दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र रहेको व्याँस गाउँपालिकाको वडा नम्बर १ को छांगरु र तिंकरमा पुगेको छ। 

भारतको अतिक्रमित क्षेत्र नजिकै बस्ने नेपाल प्रहरीको अहिलेको अवस्थाबारे जानकारी लिन उनको टोली त्यहाँ पुगेको हो। 

अहिले सीतापूलमा प्रहरीको भवन निर्माण सुरु हुँदै छ। भवन निर्माणको अवस्था, प्रहरीले भोग्नुपरेको समस्याबारे जानकारी लिन पहिलोपटक डिआईजी अधिकारी तिंकर प्रहरी चौकी पुगेका हुन्। 

निरीक्षणको क्रममा डिआइजी अधिकारीले सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षा कायम गर्न प्रहरी सक्षम रहेको बताए। 

डिआइजी अधिकारीसँगै व्याँसको निरीक्षणको लागि दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका गणपति एसपी नरेन्द्र बम, जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्ट लगायतको सहभागिता रहेको थियो।

व्याँसको तिंकरमा बस्ने प्रहरीले लामो समयदेखि जीर्ण भत्किएको भवनमा बस्नुपरेको छ। यो क्षेत्रमा दाउँरा समेत पाइदैन्। प्रहरीलाई त्यो क्षेत्रमा ६ महिना समेत बस्न निकै सास्ती छ। जीर्ण भवनमा बस्नु पर्दा यो क्षेत्रमा प्रहरीको रोजाई कम हुने गरेको छ। 
 

कमेन्ट लोड गर्नुस