जिल्ला अस्पताल दार्चुलाले अक्सिजन प्लान्ट खरिद प्रक्रिया अघि बढायो
२०७८ जेठ २२, ०३:३८
धनगढी: जिल्ला अस्पताल दार्चुलाले अक्सिजन प्लान्ट खरिद प्रक्रिया अघि बढाएको छ।
अस्पतालका अनुसार इबिडिङको माध्यमबाट १५ दिने बोलपत्र आह्वान गरिएको हो। अस्पतालमा अक्सिज सप्लाई, जडानलगायतको कार्यको लागि बोलपत्र आह्वान गरिएको जनाइएको छ।
अस्पतालसंग अहिले साना ठूला गरी ६५ वटा अक्सिजन सिलिण्डर रहेका र नेपालगञ्जलगायतका ठाउँबाट भरेर ल्याउने गरेको बताइएको छ।
कमेन्ट लोड गर्नुस