दार्चुलामा जेठ ३० गतेसम्म निषेधाज्ञा
दार्चुला: दार्चुलामा जारी भएको निषेधाज्ञा थप १० दिन लम्बिने भएको छ।
कोरोना भाईरस संक्रमणको जोखिम कायमै रहेकाले जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञाको अवधि थप गर्न सिफारिस गरेको हो।
यसअघि जेठ २० गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो। जेठ ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको अवधि थपिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए।
कोरोना भाईरसको संक्रमण न्यूनीकरणका लागि निषेधाज्ञाको अवधि थपिने उनले बताए।