दार्चुलामा चट्याङ लागेर १ भैँसी मर्यो, १ जना घाइते
धनगढीः दार्चुलामा चट्याङ लागेर एक जना घाइते भएका छन्।
जिल्लाको जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ४ ओडीगाउँका माझि गिरीको पत्थरले छाएको दुई तले घरमा चट््याङ पर्दा उनका छोरा विरेन्द्र गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार परेको चट्याङले गोठमा रहको एक भैँसी मरेको छ। घाइते विरेन्द्रको गोकुलेश्वर स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।