सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा निषेधाज्ञा थपियो

२०७८ जेठ १६, ०८:०५ खबर संवाददाता

बझाङ: बझाङमा वैशाख १८ गतेदेखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ। 

आइतबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जेठ १७ गते सोमबारसम्मका लागि लगाइएको निषेधाज्ञा जेठ २४ गते सोमबारसम्मका लागि थप्ने निर्णय गरेको हो। 

जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा सङ्क्रमणको रोकथाम लागि निषेधाज्ञा नै उपयोगी देखिएको भन्दै जेठ २४ गते मध्यराति १२ बजेसम्मका लागि थप्ने निर्णय गरिएको बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस