सुदूर नेपाललाई विश्वसँग जोड्दै

संञ्चारकर्मी खड्काको अवस्था अझै अज्ञात

२०७५ कार्तिक ४, १०:१२ रोशन भट्ट

संञ्चारकर्मी तेज बहादुर खड्का तेजु हराएको दुई महिना हुन लाग्दा समेत उनको अवस्था अझै अज्ञात छ। भदौ ९ गते बाजुरा जिल्लाको बुढीनन्दा मेलाबाट घर फर्किने बेला बेपत्ता भएका खड्काको अवस्था वारे केही थाहा हुन नसकेको हो। उनकोे खोजीको लागि सरकारी निकायहरुको लारपावाही देखिएको आरोप लागेको छ। छानविनका लागि गठन भएको मिसन टोलीहरुको पनि उदासिनता देखिएको आरोप लागेको छ।

नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष समेत रहेका खड्काको खोजी कार्यमा ध्यान दिन विभिन्न निकायलाई आग्रह गरेको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बलमे बताए। प्रेस युनियनमा आवद्ध सञ्चारकर्मी खड्काको लागि युनियका केन्द्रिय अध्यक्ष वद्री सिग्देलको नेत्वममा मिसन टोली पनि वनाइएको थियो। सो टोलीले धनगढी हुँदै घटनास्थल रहेको वाजुरा जिल्लासम्म जाने भनेपनि त्यहाँ गएको छैन्।

सरकारले खोजी कार्यमा चाँसो नदेखाएको प्रेस युनियनको आरोप छ। सञ्चारकर्मी खड्का वेपत्ता भएपछि नेपाली सेनाको हेलिकप्टर र सुरक्षा निकायको टोली पठाएर छानविनको प्रयास गरिएको थियो। तर टोलीले त्यहाँ स्थलगत अध्ययन गरे पनि कुनै कुरा पनि पत्ता लगाउन सकेन्। खराव मौसमका कारण हेलिकप्टरवाट खोजी कार्य समेत गर्न नसकिएको सुरक्षा निकायको भनाई छ।

खोजी कार्य जारी राख्दा पनि अवस्था थाहा हुन नसकेको प्रेस युनियका अध्यक्ष तथा मिसन टोलीका संयोजक वद्री सिग्देले बताए। तर वेपत्ता सञ्चारकर्मी खड्काको खोजीका लागि सरकार लागिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले दावी गरे। 

अडियो रिर्पोट

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस