स्वास्थ्य आपतकालका लागि सरकारलाई आग्रह
धनगढीः कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य आपतकाल घोषणा गर्न जानकारहरुले सरकारलाई सुझाव दिएका छन्।
कोरोना भाइरसको महामहारी नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहज हुने भन्दै स्वास्थ्य आपतकाल घोषणा गर्न जानकारहले सुझाव दिएका हुन्।
स्वास्थ्य आपतकाल घोषणा गरेमा आन्तरिक व्यवस्थापन, स्वास्थ्यका मापदण्डको पालना, स्वास्थ्य सामग्री खरिद तथा ढुवानी, वैदेशिक सहयोग संकलन लगायतमा सहज हुने अपेक्षा जानकारहरुको छ। सेती प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डे डाक्टर गणेशबहादुर सिंहले कोरोना भाइरसको संक्रमण कम नभएकाले स्वास्थ्य आपतकाल लगाउन आग्रह गरे। उनले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आपतकाल आवस्यक हुने बताए।
नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थय सामाग्रीको अभाव हुँदै आएको छ। पहिलो चरणको कोरोना भाइरसको परिक्षणका लागि प्रयोगशाला, व्यक्तिगत सुरक्षका सामग्री, कोरोना परिक्षणका लागि आवश्यज्ञक किटको अभाव भएका बेला दोस्रो प्रकारको कोरोनाको संक्रमण भयावह भएका बेला अक्सिजन सिलिन्डर, अक्सिजन ग्याँस, संक्रमितका लागि आवश्यक औषधि, परिक्षणका लागि चाहिने किटको अभाव कायम छ। संक्रमण नियन्त्रणका लागि आवस्यक सामग्रीको अभाव कम गर्न र समुदायमा फैलिएको कोरोना नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा गर्न जानकारहरुले सुझाव दिएका हुन्।
उनीहरुले भारतबाट सुदूरपश्चिमसंगै देशैभरी कोरोनाको संक्रमण फैलिएकाले सीमा क्षेत्रमा परिक्षण बढाउन, समुदायमा कोरोनाको परिक्षण गर्न तथा अस्पतालमा रहेका संक्रमितका लागि आवस्यक स्वास्थ्य सामाग्रीको व्यवस्थापन तथा खरिद गर्न स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारलाई सुझाव दिएका हुन्। डाक्टर सिंहले दिनेश खबरसंग भने, “स्वास्थ्य आपतकाल लगाए राम्रो हुन्छ। महामारी नियन्त्रणका लागि सहज हुन्छ। सरकारले स्वास्थ्य आपकालमा ढिलाई गर्न हुँदैन्।”
स्वास्थ्य आपतकालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रकारका स्वास्थ्य सम्बन्धीका काम आफै गर्न सक्छ। अन्य मन्त्रालय तथा निकायको स्वकृती आवश्यक हुदैन। स्वास्थ्य क्षेत्रका सबै भौतिक तथा अन्य स्रोत साधनको समेत प्रयोग गर्न सक्छ। गृह मन्त्रालय मातहतका निकायहरुको समेत सहयोग लिन स्वास्थ्य मन्त्रालयले गृहको स्वकृति आवश्यक पर्दैन्। महामारी नियन्त्रणका लागि संकटकालको घोषणा गर्नु उत्तम विकल्प रहेको जानकारहरुले बताएका छन्।
नेपालमा कोरोनाको संक्रमणको दर कम नभए स्वास्थ्य संकटकालका लागि समेत तयार रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। स्वास्थ्य संकटकाल घोषणाका लागि अध्यादेश राष्टपतिबाट पारित भएको र आवश्यक देखिए संकटकाल समेत घोषणा गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। उनले दिनेश खबरसंग भने, “हामी सीमा क्षेत्रको परिक्षण र समुदायमा परिक्षणलाई पहिलो प्राथामिक्ता दिएका छौ। आपतकालका लागि पनि छलफलमा छौ। राष्टिपतिबाट अध्यादेश पारित भएको छ। आवस्यक देखिए आपतकाल समेत लथाउछौ।”
भारतबाट कोरानो भाइरसको दोस्रो प्रकार नेपाल प्रवेश गरेकाले सीमा क्षेत्रमा कोरोना परिक्षणलाई पहिलो प्राथामिक्ता दिएको मन्त्रालयले बताएको छ। कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएकाले समुदायमा समेत परिक्षण गर्ने र संक्रमणको अवस्था हेरेर अर्काे कदम चाल्ने मन्त्रालयले बताएको छ।