सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्रीद्धारा फाष्ट ट्रयाकको अनुगमन

२०७५ कार्तिक ३, ०६:४१ रोशन भट्ट

सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी दिपायल दु्रतमार्गको अनुगमन गरेका छन् । दु्रतमार्ग छिटो बन्नुपर्ने माग उठिरहेका वेला उनले अनुगमन गरेका हुन् । अनुगमनमा सुदूपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारी र चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्का मगरको पनि सहभागिता रहेको थियो ।
धनगढी दिपायल दु्रतमार्गको जिरो पोईन्ट धनगढीको हसनपुर पिपल चौतारादेखि हाटखोली हुदै चौकीगडासम्म अनुगमन गरिएको छ । दुर्तमार्ग अनुगमनको क्रममा धेरै ठाउमा बाटो बिग्रेको र कतिपय ठाउमा पहिरो गएको भेटिएको मुख्यमन्त्री भट्टका स्वकिय सचिव शिव सिहं ओलीले बताए ।

स्थानीय सरकार र प्रदेश सरकारले छिटो दु्रतमार्ग बनाउनु पर्ने माग दु्रतमार्ग आसपासका वासिन्दाले गर्दै आएका छन । अनुगमनका क्रममा मुख्यमन्त्री भट्टले चालु आर्थिक बर्षमा ट्रयाक खोलिने वताएका छन् ।

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस