सुदूर नेपाललाई विश्वसँग जोड्दै

कारागारबाटै कैदीवन्दीको दशैं

२०७५ कार्तिक ३, १२:२३ रोशन भट्ट

घरपरिवार वा सार्वजनिक जीवनमा मात्र नभई बन्दी जीवनमा समेत दशैँको उल्लासमा कमी भएन्। कैलाली जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुले पनि उल्लासका साथ दशैँ मनाएका छन्। कैलाली कारागारमा दशैंको दिनभर कैदीबन्दीहरुलाई टिका लगाउनेहरुको पनि भिड थियो। कैलाली कारागारको आन्तरिक प्रशासनको संयोजन र नेपाल प्रहरीको सुरक्षा घेरामा बिहान १० बजेदेखी साँझ ५ बजेसम्म टिका थाप्ने गरी जिल्ला कारागार कैलालीमा कैदीबन्दीहरुका पनि ब्यवस्था गरिएको हो।

बाहिरको संसार छोडेर जानेर वा अन्जानमा गरिएको अपराधको सजाय काटिरहेकाहरु कारागार भित्र नभई घरमै दशैँ मनाउदैछन की जस्तो माहोल पनि बनाईएको थियो। कैदीहरुका आफन्तले कारागारमै पुगी टिका लगाएका छन। हाल कैलाली कारगारमा ३ सय ९४ जना कैदीबन्दीहरुमा रहेका छन्। उनीहरुले संगै बस्दाबस्दै भित्र पनि  परिवारको माहोल बनाईसकेका छन् । विभिन्न अपराध गरेको अभियोगमा दोषी पाइएपछि बन्दी जीवन भोगिरहेका र अदालतमा मुद्दा विचाराधीन रहेका थुनुवाका आफन्तलाई छोटो समयका लागि भेटघाट गर्न दिने चलन छ।  

कैदीबन्दीले पनि दशैँ मनाउनका लागि सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिएर कैदीहरुलाई केहि छुट दिईएको थियो । अन्य बेलामा भन्दा भेटघाट, थप सहज पारिएको थियो। कतिपय कैदीबन्दीका आफन्तले भेटघाट गर्न नआएपछि, उनीहरुलाई पनि आन्तरिक प्रशासनले टिका तथा जमरा लगाई दिएको थियो। कारगारको परिसरमा आएर पालैपाले टिका लगाउने व्यवस्था गरिएको  कैलाली कारागारका निमित्त प्रमुख जनक बहादुर सिंहले बताए। 
 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस