कैलालीको पहिरो पीडितको ७ महिना चुरे फेदी जंंगलमै बित्यो, निषेधाज्ञापछि २ छाक टार्न धौधौ
धनगढीः कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडितहरुको बिचल्ली भएको छ।
७ महिनादेखि चुरे फेदीको जंगलमा बस्दै आएका उनीहरुको बिचल्ली भएको हो। दैनिक ज्यालादारी गर्दै साँझ–बिहानको गाँसको जोहो गर्दै आएका उनीहरुको निषेधाज्ञापछि काम गर्ने बाटो बन्द भएपछि साँझ–बिहानको छाक टार्न समस्या भएको पहिरो पीडितहरुले गुनासो गरेका छन्।
चुरे गाउँपालिकाको वडा नम्बर ४ को जंगल क्षेत्रमा बसोबास गर्दै आएका पहिरो पीडितहरुको संख्या भने वृद्धि हुँदै गएको छ। भुमि सम्बन्धी समस्या समाधान आयोगले जमिन दिने कुरा सुनेपछि जंगल क्षेत्रमा ४ सय परिवारको बसोबास रहेको छ। तर चुरे गाउँपालिकाको छानबिन समिति भने एक पटक समेत सो क्षेत्रमा गएको छैन्।
कैलालीको चुरे गाउँपालिका ६० बढी पहिरो पीडित परिवार गत वर्षको मंसिर अन्तिम साता तराई झरेका थिए। चुरे क्षेत्रमा बसोबास गर्ने जमिन पहिरोले बगाएपछि उनीहरु गौरीगंगा नगरपालिकाको चौमाला नजिकका वनहरुमा बसोबास गर्न थालेका थिए।
तर सो क्षेत्रका स्थानीयले बिरोध गरेपछि ६० बढी परिवार पुनः चुरे गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने पैरुहुवा जंगल क्षेत्रमा बसोबास गर्न थालेका थिए। अहिले सो क्षेत्रमा झण्डै ४ सय परिवार पुगेका छन्। भुमि सम्बन्धी समस्या समाधान आयोगले जमिन दिने सुनेपछिपछि पहिरो पीडितहरुको संख्या समेत वृद्धि हुँदै गएको हो। पहिरो पीडित रामसिंह धामीले जंगलमा पानीको हाहाकार भएको बताए।
“पानी र खानाका लागि समस्या भयो। कतैबाट केही सहयोग पनि छैन्। काम गर्न पनि पाएका छैनौ। बाँच्नै मुस्किल हुने भयो” उनले थपे “खानेकुरा केही छैन हजुर, न पैसा पानी छ। कोरोनाले कहीँ जाने जस्तो पनि छैन्।”
कोरोना भाइरसको संक्रमण रोकथामका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि भने उनीहरुको बिचल्ली भएको छ। दैनिक ज्यालादारी गर्दै साँझ–बिहानको खानेकुराको जोहो गर्दै आएका उनीहरु निषेधाज्ञाले काम बन्द हुँदा बिचल्लीमा परेका हुन्। बालबच्चाका लागि समेत खानेकुरा नभएको उनीहरुले गुनासो गगनसिँह साउँदले गरे। उनले भने, “काम नभएकाले कसैसंग पैसा छैन्। काम गरेर खाँदै आएका थियौ। अहिले काम पनि छैन्। कतैबाट सहयोग पनि आएको छैन्। सारै गाह्रो भएको छ।”
जंगल क्षेत्रमा बसोबास गर्दै आएका चुरेका पहिरो पीडितहरुका लागि खानेपानीको समेत हाहाकार भएको छ। चुरे फेदीको घना जंगलमा बसोबास गर्दै आएका उनीहरुले खादै आएको पानीको मूल सुकेको हो। गाउँपालिकासँग थप खानेपानीको पाइप माग गरेपनि पाएका छैनन्।
चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले खानेपानीका लागि पाइपको माग आएको बताए। तर पाइप नदिएको उनले सुनाए।
“खानेपानीको समस्या आएपछि पाइप माग गर्नु भएको थियो। तर दिन सकिएको छैन्। खानेकुरा पनि सकिएको होला। हामीले खाद्य सामग्री पनि दिएका छैनौ” उनले भने।
उनीहरुको जग्ग प्राप्तीको लागि भुमि सम्बन्धी समस्या समाधान आयोगबाट जारी गरेको फारम समेत भरेका छैनन्।