सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वमन्त्री बस्नेतद्वारा सांसद विकास कोषको बजेटबाट अक्सिजन सिलिन्डर र औषधी खरिद

२०७८ जेठ ५, ०१:४७ खबर संवाददाता

काठमाण्डौः पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले सांसद विकास कोषको बजेटबाट अक्सिजन सिलिन्डर र औषधी खरिद गर्ने भएका छन्। 

सांसद विकास कोष ९पूर्वाधार कार्यक्रम० अन्तर्गत रहेको १८ लाखमा औषधी, अक्सिजन सिलिन्डर खरिद गर्नमा खर्च गरिने भएको हो। 

पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले भेरी नगरपालिकाले कार्यान्वयन गर्ने गरी मङ्गलबार नै १८ लाखको कार्यादेश पठाएको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए। 

उक्त रकमबाट ४० वटा सिलिन्डर, औषधी र अन्य स्वास्थ्य उपकरण पूर्वमन्त्री बस्नेतले पठाएको अधिकृत घर्तीले जानकारी दिए।

ती सिलिन्ड सुर्खेतमा तयारी अवस्थामा राख्ने र आवश्यकतानुसार अक्सिजन आपूर्तिमा परिचालन गर्ने अधिकृत घर्तीले बताए। 


 

कमेन्ट लोड गर्नुस