सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु, ३०३ जना नयाँ संक्रमित थपिए

२०७८ जेठ ४, ०४:४९ खबर संवाददाता

धनगढीः कैलालीको सेती प्रादेशिक अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु भएको छ। 

धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ५८ वर्षीय पुरुष,  वडा नम्बर १ का ८० वर्षीय पुरुष, वडा नम्बर १७ की ३५ वर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। 

यस्तै जोशिपुर गाउँपालिका वडा नम्बर ५ की २९ वर्षीया महिला, कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का ३२ वर्षीय पुरुष, डोटीको दिपायल शिलगढी नगरपालिका वडा नम्बर ६ का ६१ वर्षीय पुरुषको मृत्यु भएको हो। 

यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ५०९ जनाको नमुना परिक्षण गर्दा थप ३०३ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। 

धनगढीका मात्रै १८५ जना, धनगढी बाहेक कैलालीका ८१ जना, अन्य जिल्लाका ३७ जना गरि ३०३ जनाको संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। 

हाल अस्पतालमा १२२ जना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये १६ जना आइसियूमा र १०१ जना अक्सिजन सपोर्टमा उपचाररत रहेको अस्पतालले जनाएको छ। 

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालबाट ६ जना निको भई घर फर्किएका छन भने थप ८ जना अस्पताल भर्ना भएको सूचना अधिकारी श्रेष्ठले बताए। 

कमेन्ट लोड गर्नुस