सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार महासंघ डडेल्धुराले आइसोलेसन निर्माण गर्दै, आकस्मिक कोष पनि स्थापना गर्ने

२०७८ वैशाख ३१, ०९:३० खबर संवाददाता

डडेल्धुरा: नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले १० शय्याको आइसालेसन निर्माणको काम थालेको छ। महासंघको बिहिरबार बसेको बैठकले ३ तले भवनको ४ वटा कोठामा शय्या बनाउने निर्णय गरेको हो। 

कोरोना भाइरसको संक्रमणका बेला फ्रन्ट लाईनमा रहेर काम गर्ने सञ्चारकर्मीहरुको जोखिम व्यवस्थापनका लागि आइसोलेसन बनाउने निर्णय भएको महासंघका अध्यक्ष हिक्मतबहादुर सिंहले बताए। आइसोलेसन निर्माणका लागि स्थानीय तह, सरकारी कार्यालय, गैरसरकारी संस्था तथा निजी क्षेत्रसँग समन्व्य गर्ने उनले बताए। 

आइसोलेसनका लागि महासंघको भवनमा खानेपानी र विद्युत जडान गर्ने काम भइसकेको र  शुक्रबार श्ययाहरु राखिने महासंघका सचिव पुष्कर भण्डारीले बताए। 

यस्तै सोही बैठकले आकस्मिक कोष स्थापना गर्ने समेत निर्णय गरेको छ। संक्रमण भएका पत्रकारको स्वास्थ्य उपचार तथा सहयोग गर्ने हेतुले कोरोना भाइरस महामारी नियन्त्रण आकस्मिक कोष खडा गर्न लागिएको हो।

यस्तै महासंघको भवनमा डिभीजन वन कार्यालयले पुगाएको क्षतिप्रती खेद प्रकट गर्दै दोषी उपर कानूनी कार्वाहीको माग गरिएको छ।

यही बैशाख १६ गते बिहान निर्माणाधिन महासंघको भवनमा डिभिजन वन कार्यालयको नेतृत्वमा अमरगगढी नगरपालिकाको डोजर प्रयोग गरी क्षति पुगाएको र सम्बन्धित निकायले उचित जवाफ नदिएकाले कानूनी कार्वाहीको माग गरिएको महासंघ सचिव भण्डारीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत जानकारी गराइएको छ।

कमेन्ट लोड गर्नुस