सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिद्धार्थ बैंकद्वारा कोरोना कोषमा १० लाख सहयोग

२०७८ वैशाख २९, ०४:१२ खबर संवाददाता

धनगढी: सिद्धार्थ बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशको कोरोना कोषमा १० लाख रकम सहयोग गरेको छ।

बैंकको सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कोषमा १० लाख रकम सहयोग गरेको हो।

बुधबार सिद्धार्थ बैंक धनगढी शाखाका प्रबन्धक नितेश श्रेष्ठले १० लाखको चेक प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशवहादुर शाहलाई हस्तान्तरण गरेका छन्। 

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको जनाएको छ। 

यसअघि अघिल्लो वर्षपनि सुदूरपश्चिम प्रदेश सरकारलाई १० लाख रकम सहयोग गरेको प्रबन्धक श्रेष्ठले बताए। 
 

कमेन्ट लोड गर्नुस