सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा माइत गएकी एक महिला बेपत्ता

२०७८ वैशाख २८, ११:१३ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा माइत गएकी एक महिला बेपत्ता भएकी छन्। जिल्लाको आलिताल गाउँपालिका–५ ध्याडीकी २६ ललिता कामी बेपत्ता भएकी हुन्।

परशुराम नगरपालिका–११ सलेता माइती घर गएकी ललिता सोमबार दिउँसोबाट बेपत्ता भएको उनका जेठाजु नाथ कामीले जानकारी दिए।

दुई छोरीसहित ललिता एक साताअघि माइती घर गएकी थिइन्। सोमबार दिउँसो उनी एकाएक सम्पर्कविहीन भएको माइती पक्षलाई उदृत गर्दै उनका जेठाजु कामीले बताए।

६ र ३ वर्षीया दुवै छोरीहरु माइती घरमै छाडेर उनी बेपत्ता भएकी हुन्। 

माइती र पोइली पक्षले दुवै उनको खोजी कार्य तीव्र पारेका भएपनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन। ललिताका श्रीमान् कृष्ण कामी रोजगारीको सिलसिलामा भारतको मुम्बई छन्।

 

कमेन्ट लोड गर्नुस