सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालबाट ५ जना कोरोना संक्रमित डिस्चार्ज भए

२०७८ वैशाख २७, ०५:१२ खबर संवाददाता

धनगढीः पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा उपचाररत ५ जनाले कोरोना जितेर घर फर्किएका छन्। 

५ जना डिस्चार्ज हुँदा थप १५ जना नयाँ संक्रमित भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

हाल अस्पतालमा ५९ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ५ जना भेन्टिलेटरमा, १३ जना आइसियूमा, ३६ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।


 

कमेन्ट लोड गर्नुस