सुदूर नेपाललाई विश्वसँग जोड्दै

टाउकोमा सिलौटो प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ वैशाख २७, ०४:३४ खबर संवाददाता

सर्लाही: लालबन्दी नगरपालिका–२ नवलपुर पुनर्बासका ३५ वर्षीय बिजयलाल कर्णले आफ्नै श्रीमती ३२ वर्षीया उशादेबी कर्णको सिलौटो प्रहार गरी हत्या गरेका छन्।

घरायसी विवादमा बिजयलालले उशादेबीको टाउकोमा सिलौटो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

उनीहरु हरिवन नगरपालिका–११ मा डेरामा बस्दै आएका बताइएको छ। विजयलालाई पक्राउ गरीएको र  घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। 

कमेन्ट लोड गर्नुस