सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीका प्रेस सल्लाहकार र स्वकीय सचिवलाई पुनः कोरोना सङ्क्रमण

। फोटो स्रोत ।
२०७८ वैशाख २६, ०५:३६ रासस

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोभिड–१९ सङ्क्रमण देखिएको छ। 

पिसिआर परीक्षणका क्रममा आफूहरुसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि सङ्क्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए। 

यसअघि पनि थापा र भण्डारीलाई सङ्क्रमण देखिएको थियो। शुक्रबार प्रधानमन्त्रीसहित उनका स्वकीय र निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको पिसिआर परीक्षण गरिएको थियो। 

परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई भने सङ्क्रमण नदेखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिए।

कमेन्ट लोड गर्नुस