सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका स्थानीय तहले पूर्व तयारीबिना आफ्नो गाडी एम्बुलेन्स बनाउने घोषणा गरेको आरोप

२०७८ वैशाख २५, १२:२५ खबर संवाददाता

डडेल्धुरा: बिहीबार डडेल्धुराको अमरगढी नगरपालिकाले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई बिरामी बोक्न प्रयोग गर्ने घोषणा गर्‍याे। नगरप्रमुख चढ्ने २३९ नम्बरको गाडीलाई एम्बुलेन्स र नगरपालिकाको टिप्परलाई शव वाहन बनाउने निर्णय गरिएको थियो। उक्त कुराको चौतर्फी चर्चा भयो।

यस्तै अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले प्रयोग गर्दै आएको ३६२ नम्बरको गाडीलाई एम्बुलेन्सका लागि तयार पारिएको बताइएको थियो। गाउँपालिकाको टेक्टरलाई शव वहानका लागि तयार राखिएको समेत गाउँपालिका अध्यक्ष भट्टले बताएका थिए। 

तर उनीहरुले पूर्व तयारी नगरी घोषणा गर्न हतार गरेको डडेल्धुराका सञ्चारकर्मी बरुण पनेरुले बताएका छन्।

उनले स्वंम् बिहीबार एम्बुलेन्सको लागि भौतारिएको तर घोषणा गरेका स्थानीय तहबाट गाडी नपाएको दुखेको गरेका छन्। उनले भने ‘हिजो दिउँसो १२ बजेदेखि डडेल्धुराका अधिकांस स्थानीय तहका एम्बुलेन्सहरुको खोजी गरे। अमरगढीका मेयर विपीन ओझासँग धेरैपटक कुरा गरे। एम्बुलेन्सको लागि गुहार मागे। उनले खोजी गर्ने बाचा गरे र अन्तिममा आएर तपाईंको नयाँ एम्बुलेन्स कहाँ छ भन्दा ग्यारेजमा छ भन्नुभयो।’ 

त्यसपछि भागेश्वर गाउँपालिकाका स्वास्थ प्रमुख मानबहादुर शाहुलाई फोन गरेको तर उनले पनि एम्बुलेन्सका चालकलाई फोन गर्न भनेको पनेरुले बताए। चालकलाई फोन गर्दा उनले टायर नभएको बहाना पारेको सञ्चारकर्मी पनेरुले बताए। ।

तत्पश्चात अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टलाई फोन गर्दा उनले पनि चालकलाई फोन गर्न भनेको बरुण पनेरुले बताए। ‘ती ड्राइभरलाई पनि फोन गरे। ती ड्राइभरले स्वास्थ प्रमुखलाई सोध्न भने अनि ती स्वास्थ प्रमुखलाई सोधियो तर उनले जिल्ला बाहिर जान नमिल्ने भन्दै गैरजिम्मेवार जवाफ दिए। त्यहाँका स्वास्थ प्रमुखले जिल्ला स्वास्थ कार्यालयका प्रमुखको आदेश माग्नुपर्छ भने’ पनेरुले प्रश्न गर्दै भने, ‘गम्भीर बिरामीका आफन्त यति मान्छेलाई फोन गर्न सक्छन् त ?’

भागेश्वर र अजयमेरुको एम्बुलेन्स खाली भएको अवस्थामा पनि नपाएको सञ्चारकर्मी पनेरुको दुखेको छ। यस्तै अमरगढीले घोषणा गरेको गाडी ग्यारेमा निर्माणाधिन अवस्थामा रहेको जानकारी पएको उनले बताए। 

आफूले भोगेको सास्तीपछि उनले पहिले प्रचारबाजी गर्नुको साटो काम गरेर घोषणा गरेको भए उत्तम हुने बताएका छन्। ‘धेरै एम्बुलेन्सका चालक त कोरोना संक्रमितलाई बोक्नुपरेमा विभिन्न बहाना बनाउँछन्। त्यो कुरामा सबै स्थानीय तहले ध्यान जानु जरुरी छ’ उनले भने। 

पत्रकार पनेरुले अन्त्यमा गन्यापधुरा गाउँपालिकाको एम्बुलेन्स पाएको तर त्योपनि साहुखर्कमा बिग्रीएपछि नेकपा एमाले(ओली समूह) डडेल्धुराका अध्यक्ष प्रकाश साउदले धनगढीसम्म लगेको बताएका छन्। 

उक्त विषयमा अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले आफूहरुले घोषणा गरेको गाडीमा पार्टेशनको काम चलिरहेकाले बिहीबार उपलब्ध नभएको बताएका छन्।

यस्तै  अमरगढी नगरपालिकाले नगरप्रमखुले चढ्ने बोलेरो जीपमा पनि सिट हटाएर बिरामी र चालकको बिचमा पार्टेशन गर्ने, बिरामी राख्ने सिट र अक्सिजन सिलिण्डर जडान गर्न वर्कसप पठाइएको बताएको छ।


 

कमेन्ट लोड गर्नुस