सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा निषेधाज्ञा लम्बियो

२०७८ वैशाख २५, ०६:११ खबर संवाददाता

धनगढी: दार्चुलामा वैशाख मसान्तसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ।

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढिरहेको भन्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको बताइएको छ।

बैठकले यही वैशाख २६ गतेदेखि लागू हुनेगरी निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए। यसअघि वैशाख २५ गतेसम्मका लागि मात्र निषेधाज्ञा जारी गरिएको थियो।

कमेन्ट लोड गर्नुस