सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोगप्रतिरोधी रेम्डेसिभिर औषधीबारे सुदूरपश्चिम सरकार बेखबर, बुझेको औषधिको पनि छैन लेखाजोखा

२०७८ वैशाख २४, ११:२२ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेश सरकार कोरोना भाइरसका संक्रमितका लागि आवश्यक पर्ने  रेम्डेसिभिर औषधि खरिदको योजनाबिहिन रहेको पाइएको छ। 

संघीय स्वास्थ्य मन्त्रालयले संक्रमितलाई  रेम्डेसिभिर औषधि दिन आवश्यक रहेको भन्दै खरिदको गर्दै आएको छ। तर प्रदेश सरकार औषधि खरिदबारे योजनाबिहीन रहेको पाइएको छ। प्रदेश सरकारसँग प्रदेशका संक्रमितलाई दिइएको औषधिको लेखाजोखा समेत नरहेको पाइएको छ।

 रेम्डेसिभिर औषधिले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भएकाले संक्रमितलाई दिनुपर्ने चिकित्सकको सुझाव छ। उनीहरुले कोरोना भाइरस बिरुद्धको औषधि नभएकाले सो औषधिले समेत संक्रमितलाई केही राहत हुने बताएका हुन्। 

रेम्डेसिभिर एक एन्टिवाइरल औषधि हो। जुन बायोफार्मासिटिकल कम्पनीद्वारा विकसित गरिएको रोग प्रतिरोधात्मक क्षमता वृद्धी गर्छ। संघीय स्वास्थ्य मन्त्रालय मातहतको औषधि व्यवस्था विभागले देशका विभिन्न कोभिड अस्पतालहरुलाई   रेम्डेसिभिर औषधि वितरण गर्दै आएको छ। कोरोनाको पहिलो लहरको समयमा वितरण गरिएको  रेम्डेसिभिर पुनःबिहिवार वितरण गरिएको छ। 

सेती प्रादेशिक अस्पताललाई २४ भाइल औषधि पठाइएको विभागले सूचनामा उल्लेख गरेको छ। विभागले ४ हजार भाइल औषधि खरिद गरेकोमा सबै अस्पतालहरुमा वितरण गरिएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले बताए। उनले भने, “औषधि विभागले खरिद र वितरण गर्ने हो। पटक पनि  रेम्डेसिभिर ल्याएको छ। वितरण गरिएको सूचना देखेको थिए।”

रेम्डेसिभिर औषधि कोरोना संक्रमितलाई दिइन्छ। पूर्ण सञ्चो नबनाए पनि  रेम्डेसिभिरले संक्रमितलाई कोरोनासँग लड्ने क्षमता प्रदान गर्ने चिकित्सकहरु बताउँछन्। कोरोना सञ्चो हुने औषधि निर्माण नभएकाले  रेम्डेसिभिर औषधि संक्रमितलाई दिन आवश्यक हुने सेती प्रादेशिक अस्पतालको कोभिड–विभाग प्रमुख डाक्टर शेरबहादुर कमर बताउँछछन्।

उनले भने, “कोरोना सञ्चो हुने औषधि छैन्। संक्रमितको लक्षण हेरेर औषधि दिने हो।  रेम्डेसिभिरको प्रयोगका लागि अनुमति दिएको छ। केही संक्रमितलाई राम्रो पनि गरेको छ। त्यसैले प्रयोग गर्न आवश्यक छ।” 

संघीय सरकारले २ पटक  रेम्डेसिभिर औषधि खरिद र वितरण गरिसकेको छ। तर सुदूरपश्चिम प्रदेश सरकारसँग कुनै तथ्याँक छैन्। प्रदेश सरकारले खरिदको कुनै योजना समेत बनाइएको छैन्। कोरोना संक्रमितको रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि  रेम्डेसिभिर औषधि सेवनको स्वीकृति दिइएको छ। तर प्रदेश सरकारसँग खरिद तथा वितरणको कुनै योजना छैन्। 

प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले प्रदेश सरकारसँग कुनै योजना भएको जानकारी नभएको बताए। उनले भने, “ रेम्डेसिभिर औषधि विभागले खरिद गर्ने हो। वितरण पनि उसैले गर्दै आएको छ। हामीसँग कुनै तथ्यांक छैन।” 

सुदूरपश्चिम प्रदेशका बाहेक अन्य प्रदेश सरकारहरुले  रेम्डेसिभिर खरिद गर्दै संक्रमितलाई दिने गरेका छन्। तर सुदू्रपश्चिम प्रदेशका कोरोना संक्रमितहरुले औषधिसँग अक्सिजन समेत नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आएको छ। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस