सुदूर नेपाललाई विश्वसँग जोड्दै

अक्सिजनको कालोबजारी बारे स्ट्याटस लेख्ने धनगढीका १ जना नियन्त्रणमा

२०७८ वैशाख २२, ०२:५२ खबर संवाददाता

धनगढी: प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा भ्रामक सामग्री लेखेको भन्दै धनगढीका एक जनालाई नियन्त्रणमा लिएको छ। 

फेसबुकमा अक्सिजन कालोबजारीको विषयमा स्ट्याटस लेखेको भन्दै तेज खड्कालाई नियन्त्रणमा लिइएको हो। 

खड्काले अहिले पनि आफु जिल्ला प्रहरी कार्यालय कैलालीमा रहेको बताएका छन्। 

उनले फेसबुकमा औषधि आपूर्तिकर्ता दुष्यन्त बस्नेतले अक्सिजनको कालोबजारी गरेको भन्दै स्ट्याटस लेखेका थिए। 

उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले बताए। 
 

कमेन्ट लोड गर्नुस