सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज धनगढी आउँदै रवि ओड

२०७५ असोज २७, ०८:२४ खबर संवाददाता

सांगितिक रियालिटी शो नेपाल आईडलको उत्कृष्ट ९ मा पुग्न सफल कञ्चनपुरका रवि ओड आज धनगढी आउँदै छन्। अडिसनको सुरुवातदेखि नै अब्बल प्रस्तुती दिईरहेका रवि उत्कृष्ट ९ मा परेपछि ६ दिनका लागि सुदूरपश्चिम आउन लागेका हुन्। आज ५ बजे बुद्ध एयरको उडानबाट धनगढी आउने ओडले जानकारी दिए। नेपाल आयडलको उत्कृष्ट ९ मा पुगेका सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी ओडको विमानस्थलमै स्वागत गर्ने कार्यक्रम पनि रहेको छ। धनगढी, महेन्द्रनगर र आसपासका क्षेत्रबाट ओडको स्वागतका लागि विमानस्थल पुग्ने तयारी भईरहेको छ। 

उनले सुदूरपश्चिम बसाईको क्रममा आफुलाई भोट माग्दै विभिन्न व्यक्तिलाई भेट्ने कार्यक्रम रहेको बताए।
सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी रविको अब्बल चमकले उनलाई नेपाली संगीतमा स्थापित हुने अवस्था वलियो वन्दै गएको छ। कन्चनपुरको कृष्णपुर नगरपालिका गुलरिया निवासी ओड आर्थिक रुपमा कमजोर परिवारकामा जन्मिए। बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट २०५४ साल जन्मिएका रविलाई संगीतको नशाले वच्चैदेखि तानेको थियो। 

कमेन्ट लोड गर्नुस