सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा बिहेमा जन्ती गएका ४५ जनालाई कारवाही, ५ घण्टा घाममा बस्ने सजाय

फोटो : पुस्कर भट्ट
फोटो : पुस्कर भट्ट
२०७८ वैशाख २१, ०६:०५ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा जिल्ला प्रशासनको आदेश विपरित बिहेमा जन्ती जानेहरुलाई कारवाही गरिएको छ।

निषेधाज्ञाको मापदण्ड पालना नगर्ने ४५ जना जन्तीलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

जिल्ला प्रशासन कञ्चनपुरले जारी गरेको आदेशमा बिहेमा जन्ती जाँदा बढीमा १५ जनासम्म जान पाउने भनीएको छ।

तर कञ्चनपुरको सुखासालबाट भाँसी जाँदै गरेको बिहेको बसमा ४५ जना जन्ती रहेको पाइएकाले सबैलाई बससहित मञ्चमा लगेर ५ घण्टा होल्ड गरिएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक केशव भटटले बताए। 

बेहुला र परिवारका सदस्यलाई बिहेको लागि पठाइएपनि जन्तीहरुलाई भने दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्म मञ्चमा बसाइएको थियो। 

बस चालकले भने धरै जन्ती नलैजाने भने अटेर गरेर जबरजस्ती बिहेमा आएको बताएका छन्।

कमेन्ट लोड गर्नुस