सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउदी अरबसँग वार्ताको लागि इरान तयार

२०७८ वैशाख २०, ०९:२४ रासस

इरानले साउदी अरबलगायतका आफ्ना छिमेकीहरूसँगको विवाद सुल्झाउन ‘कुनै पनि तह र हिसाबले’ वार्ताका लागि तयार रहेको जनाएको छ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता सईद खतिबजादेहले इरानले साउदी अरब र अन्य खाडी मुलुकहरूसँगको विवाद नचाहेको र यसलाई मिलाउनका लागि सधैँ तत्पर रहेको जानकारी दिए। 

“स्वर र भाषणको परिवर्तनले तनाव कम गर्न धेरै मद्दत पुऱ्याउँछ,” खतिबजादेहले भने, “वार्ताबाट व्यवहारमा परिवर्तन ल्याउनसकिने र यसले जटिल समस्याहरूलाई हल गर्न सहयोग गर्छन्।”

यस क्षेत्रका देशहरू, इरान र साउदी अरेबियाबीचको वार्ताले खाडी क्षेत्रलाई शान्ति, स्थायित्व र प्रगतिको मार्गमा अघि बढाउने पनि उनले बताए। 
 

कमेन्ट लोड गर्नुस