सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा २ हजार क्षमताको आइसोलेसन निर्माण कार्य सुरु, कैलाली प्रजिअको नेतृत्वमा 'र्‍यापिड एक्सन टीम’

२०७८ वैशाख २०, ०३:५३ खबर संवाददाता

धनगढीः कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माण कार्य सुरु गरिएको छ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीको मातहतमा रहने गरि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा निर्माण कार्य सुरु गरिएको हो।

मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिको आह्वानमा सोमबार गेटामा संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकबाट तयारी सुरु गरेको हो। 

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) अध्यक्ष समेत रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले २ हजार क्षमताका होडिंग सेन्टरसहितको आइसोलेसन निर्माण गरिने बताए। अबको एक हप्ताभित्रै सेवा समेत सुरु गरिने बताउँदै प्रजिअ रिजालले आफ्नै नेतृत्वमा र्‍यापिड एक्सन टीम समेत बनाइने जानकारी दिए।

यसैबीच मन्त्री भट्टले आइसोलेसन व्यवस्थापनको लागि गेटामा तत्काल विद्युत जडान, खानेपानी व्यवस्थापन, स्वास्थ्य सामग्री तथा उपकरण व्यवस्थापनको लागि निर्देशन दिइएको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस