सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका स्थानीय तहहरु आइसोलेसन व्यवस्थापनमा बेवास्ता गर्दै

२०७८ वैशाख १९, ०४:४६ कमल सावद

धनगढी:  कैलालीका स्थानीय तहहरुले आइसोलेसन शय्या व्यवस्थापनमा बेवास्ता गरेको पाइएको छ।

जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक वृद्धि हुँदै छ। कोरोना अस्थायी अस्पतालका शैय्याहरु संक्रमितले भरिएका छन्। 

तर स्थानीय तहहरुले कोरोना संक्रमितको उपचारका लागि शैय्या व्यवस्थापनमा बेवास्था गरिरहेको छ। उनीहरुसँग कोरोना संक्रमितको ज्यान जोगाउन अति आवश्यक मानिएको अक्सिजन र भेन्टिलेटरको व्यवस्थापन समेत छैन। तर स्थानीय तहहरुले दक्ष जनशक्तिको आभावका कारण आइसोलेसन शैय्या सञ्चालन गर्न नसकिएको बताइरहेका छन्।  

कोरोना भाइरसको संक्रमण सुरु भएपछि गत वर्षको चैतमा नेपाल सरकारले निषेधाज्ञा जारी गरेको थियो। भारतबाट दैनिक सयांैको संख्यामा नेपालीहरु सुदूरपश्चिमका सीमा नाका हुँदै भित्रिन थालेपछि स्थानीय तहहरुले क्वारेन्टिनसँगै आइसोलेसन शैय्याको समेत व्यवस्थापन गरेका थिए।

तर दोस्रो लहरको कोरोना भाइरसको संक्रमण कैलालीसहित सुदूरपश्चिममा तिव्र दरमा  फैलिएका बेला आइसोलेसनको शैय्या व्यवस्थापनमा बेवास्था गरिएकाे छ।

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले आइशोलेसन श्य्या व्यवस्थापन गर्न नसकिने बताए। उनले भने, “कोरोना संक्रमितहरु घरमा छन्। उहाँहरुलाई अस्पतालमा राख्न सकिने अवस्था छैन्। संक्रमितको अवस्था खराब भए अस्पताल पठाउने हो। नयाँ आइसोलेसन सञ्चालन गर्न सकिने अवस्था छैन।”

जिल्लाको १३ वटा स्थानीय तहहरु मध्ये केहिले मात्र आइसोलेसन शैय्याको व्यवस्थापन गरेका छन्। बाँकी स्थानीय तहहरुले कोरोना संक्रमितको ज्यान जोगाउनमा वास्ता गरेको देखिएको छैन।

अधिकांस कोरोना संक्रमित घरमा रहेका बेला जटिल प्रकारका संक्रमितलाई राखिएका कोरोना अस्थायी अस्पतालका शैय्या भरिएका छन्। तर स्थानीय तहहरुले शैय्या बिस्तार र अक्सिजन तथा भेन्टिलेटर जडानको प्रक्रिया समेत थालेका छैनन्।  

गत वर्ष कोरोना संक्रमित राख्न संयुक्त आइसोलेसन सञ्चालन गरिएको टीकापुर नगरपालिकाको समेत आइशोलेसन छैन्। टीकापुर नगरपालिकाका मेयर टपेन्द्र रावलले आइसोलेसन श्य्या व्यवस्थापनका लागि तयारी थालिएको बताए। उनले भने, “पहिले संयुक्त रुपमा आइशोलेसन सञ्चालन गरेका थियांै। तर अहिले त्यो अवस्था छैन्। संक्रमितको संख्या धेरै छ। हामीले आफै सञ्चालनको तयारी थालेका छौ।”  

स्थानीय तहहरुले दक्ष जनशक्तिको अभावले आइसोलेसन शैय्या सञ्चालनमा कठिनाई रहेको बताएका छन्। उनीहरुले जटिल प्रकृतिका कोरोना संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेटर जडानमा समस्या नभएपनि सञ्चालन गर्न जनशक्ति नभएकाले समस्या भएको दाबी गरिरहेका छन्। 

गोदावरी नगरपालिकाका मेयर हरिसिँह साउँदले २० शैय्याका आइशोलेसन सञ्चालनमा रहेपनि जनशक्तिको अभाव रहेको बताए। उनले भने, ‘हामीसँग आइसोलेसन छ। थप श्य्या विस्तारका लागि पनि पहल गर्दैछौ। तर अक्सिजन र भेन्टिलेटरको अभाव छ। भेन्टिलेटर सञ्चालन गर्न कर्मचारी पनि हामीसँग छैनन्। 

हाल कैलालीको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल तथा धनगढी उप–महानगरपालिका वडा नम्बर १५ उर्मामा सञ्चालनमा रहेको आइसोलेसन कक्षहरु संक्रमितले भरिएका छन्। 


 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस