सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट एक संक्रमितलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगियो

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख १९, ०१:२० खबर संवाददाता

धनगढी: सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। 

अस्पतालको आइसियूमा उपचाररत धनगढी उपहानगरपालिका–५ का ४२ वर्षीय पुरुषलाई काठमाडौं लगिएको हो। 

उनको १७ गतेदेखि आइसियूमा राखेर उपचार भइरहेको थियो। तर आज उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि काठमाडौं लगिएको बताइएको छ।  

कमेन्ट लोड गर्नुस