सुदूर नेपाललाई विश्वसँग जोड्दै

नाकामा सशस्त्र प्रहरीको गुल्म स्थापना(भिडियो सहित)

२०७५ असोज २५, ०६:५४ रोशन भट्ट

कैलालीको त्रिनगर भन्सार नाकामा सशस्त्र प्रहरी बलको गुल्म स्थापना भएको छ। राजश्व तथा भन्सार गस्ती सुरक्षा कैलाली नम्बर ५३ गुल्म स्थापना भएको हो। भन्सार कार्यलयको सहकार्यमा यस अघि सशस्त्र प्रहरीले सुरक्षा दिदै आएको थियो। नेपाल सरकारको नियम अनुसार प्रत्येक जिल्लामा राजश्व तथा भन्सार गस्ती सुरक्षा स्थापना गर्नुपर्ने भएकाले सो कार्यलय स्थापना गरिएको हो। आज एक औपचारी कार्यक्रमका बिच कार्यालयको धनगढी उप–महानगरपालिकाका मेयर नृप ओड, प्रमुख जिल्ला अधिकारी वावुराम श्रेष्ठ र शसस्त्र प्रहरीको सुदुरपश्चिम प्रदेश मुख्यालय  वाहिनी अत्तरीयाका डिआईजी नागेन्द्रवहादुर थापाले उद्घाटन गरे। कार्यालय स्थापना भएसंगै भन्सार छलीका घटनामा कमी आउने विश्वास गरिएको छ। सीमा सुरक्षाको समन्वयमा चोरी तस्करी नियन्त्रणका लागि खटाईने शसस्त्र प्रहरीको सुदुरपश्चिम प्रदेश मुख्यालय  वाहिनी अत्तरीयाका डिआईजी नागेन्द्रवहादुर थापाले बताए। 
खुल्ला सीमाना भएका कारण धनगढी आसापासका सीमा क्षेत्रमा ठुलो मात्रामा भारतवाट भन्सार छलेर चोरी तस्करी हुँदै आएको छ। तर यसअघि रहेको कम जनशक्ती र लामो सीमा भएका कारण नियन्त्रणमा किठनाई हुँदै आएकोमा हाल स्थापना गरिएको कार्यालयमा एक सय ६० जना शसस्त्र प्रहरीले काम गर्न थालेका छन्। सक्रियताका साथ सीमामा हुने तस्करी रोक्दै सरकारी राजश्व वढाउन लाग्नुपर्ने कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए। त्रिनगर भन्सार नाकामा यसअघि ईन्सपेक्टरको कमाण्डमा टोली राखिएकोमा अहिले डिएसपिको नेतृत्वमा कार्यालय स्थापना गरिएको छ। 
सो जनशक्तीलाई सवै सीमा क्षेत्रमा वाडफाँड गरेर सीमा तस्करी नियन्त्रणका लागि प्रयास गर्ने शसस्त्र प्रहरीको योजना छ। स्थानीय तहले पनि राजश्व बढाउन र सीमामा हुने घटना न्युनीकरणमा कमि ल्याउन सहयोग गर्ने धनगढी उप–महानगरपालिकाका मेयर नृप बहादुर वडले बताए। 
    
     

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस