वर्षगाँठको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

धनगढी: वर्षगाँठको अवसरमा धनगढीको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ।
अमेरिकामा रहेका डडेल्धुराका सुरेन्द्र पाल र श्रुति ठकुराठी पालले आफ्नो छैटौं वैवाहिक वर्षगाँठको अवसरमा आश्रमलाई सहयोग गरेका हुन्।


उनीहरुले आश्रममा रहेका असहायहरुको भोजन सेवाका लागि १० हजार सहयोग गरेको आश्रमले जनाएको छ।

धनगढीमा रहेका आफ्ना सासु र ससुरा मार्फत उनीहरुले उक्त रकम आश्रमलाइ सहयोग गरेको आश्रमका अभिभावक शिद्धराज पनेरुले बताए।