बाजुरामा ट्रयाक्टर दुर्घटना, कैलालीका युवक प्रहरी नियन्त्रणमा
धनगढी: बाजुरामा ट्रयाक्टर दुर्घटना भएको छ।
सोमबार बाजुराको साफेँ मार्तडी सडकखण्ड अन्तरगत बुढिगंगा नगरपालिका १ को बल्दे नजिकै अम्कोटको पहिरोमा से १ च ३१७९ नम्बरको ट्रयाक्टर दुर्घटना भएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दुर्घटनामा परी मेल्लेख गाउँपालिका १ का नितज बुढाको मृत्यु भएको छ भने त्रिवेणी नगरपालिका १ छताराका कृष्ण बुढा घाईते भएका छन्।
ट्रयाक्टर चालक कैलालीको गौरीगंगा नगरपालिका ४ मसुरियाका विजय चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताएको छ।