सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको उद्योग राज्यमन्त्रीमा रावल

२०७५ असोज २३, ०४:४७

सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रीमण्डल विस्तार गरेको छ। प्रदेश सरकारले कञ्चनपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचीत  प्रकाश रावललाई ‘उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री’ मा नियुक्त गरेको छ।

राज्यमन्त्री रावलले मंगलबार नै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आयोजीत एक समारोहकाविच सपथ ग्रहण गर्दै पदभार सम्हालेका छन्।

मुख्यमन्त्री त्रिलोचन भट्टबाट सपथ लिए लगतै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा पुगेर रावलले पदभार सम्हालेका हुन्। राज्यमन्त्री रावल कञ्चनपुर क्षेत्र नम्बर ३ को क बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए।
 यो सँगै सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल आठ सदस्यीय बनेको छ।   

 

कमेन्ट लोड गर्नुस