सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमणबाट १५ वर्षीय विद्यार्थीको मृत्यु

२०७८ वैशाख १०, ०६:०४ खबर संवाददाता

काठमाडौं : कोरोना संक्रमणबाट एक १५ वर्षीय विद्यार्थीको मृत्यु भएको छ।

शुक्रवार दाङको गढवा गाउँपालिका–६ घर भई लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीको भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो।

स्वास्थ्य समस्या देखिएपछि उनी वैशाख ८ गते उपचारका लागि भनेर बुटवल गएका थिए। बुटवलपछि  भैरहवास्थित कोरोना अस्पतालमा पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको थियो।

उक्त विद्यालयका एक शिक्षकलाई पनि संक्रमण पुष्टि भएको छ। उनको हाल उपचार भइरहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस