सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बीबी मार्ट सञ्चालन

२०७८ वैशाख ८, ०५:५० खबर संवाददाता

धनगढी: धनगढीमा बीबी मार्ट हाउस सञ्चालनमा आएको छ।

१२ करोडको लगानीमा ३ ओटा शाखा स्थापना भइ चौथो शाखाको रुपमा धनगढीको चटकपुरमा मार्ट सञ्चालनमा आएको हो।

एकै छानामुनी घरायसी आवश्यकताका सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यकासाथ मार्ट सञ्चालनमा ल्याइएको मार्टका सञ्चालक दिपेन्द्र ऐरले बताए।

उनका अनुसार बीबी मार्टले ४५ देखि ५० जनालाई रोजगारी पनि दिइरहेको छ।

७ जना युवाको लगानीमा सञ्चालित सो मार्टको लगत्तै स–साना बजार र सुदूरपश्चिमका पहाडी जिल्लामा समेत शाखा विस्तार गरिने ऐरले बताएका छन्। 

कमेन्ट लोड गर्नुस