सुदूर नेपाललाई विश्वसँग जोड्दै

भतिजाले खाइदिए काकाको कान!

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ वैशाख ८, ०४:१८ खबर संवाददाता

काठमान्डौं: सल्यानमा काका र भतिजाबीच झगडा हुँदा भतिजाले काकाको कान टोकेर खाइदिएका छन्।

ईलाका प्रहरी कार्यालय लुहामलका अनुसार आपसी विवादमा कालीमाटी गाउँपालिका–१ हिङनाउरेका ५६ वर्षीय काका धनबहादुर कुँवर र भतिजा खीमबहादुर कुँवरबीच झगडा भएपछि भतिजाले काकाको कान टोकेर खाएका हुन्।

बाख्राको विषयमा विवाद भएपछि गएराति ९ बजेतिरको समयमा उनीहरूबीच झगडा भएको, काकाको कान पूरै छिनालिएको र खोज्दा पनि कान नभेटिएपछि भतिजालाई सोध्दा आफूले खाएको बताएको प्रहरीले जनाएको छ।

पीडित धनबहादुरको स्थानीय मेडिकलमा उपचार गरिएको छ। काका धनबहादुरले पनि करिब ६ वर्ष पहिले भतिजा खीमबहादुरका बुवाको कान टोकेर छिनालेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ।


 

कमेन्ट लोड गर्नुस