जंगलमा स्थायी राजधानी बनाउने निर्णय विरुद्ध सर्वोच्चमा रिट (कुराकानी सहित)
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी जंगलमा राजधानी वनाउने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा पर्ने तेघरीको जंगलमा राजधानी वनाउने प्रदेश सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट निवेदन हालिएको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ५ स्थायी घर भएर हाल काठमाण्डौ महानगरपालिका वडा नम्वर २९ मा वस्दै आएकी अधिवक्ता देवीकुमारी जोशीले नेपाल सरकार, प्रदेश सरकारका मुख्यमन्त्री, सभामुख र नामाकरण र राजधानी वनाउन गठित समितीका संयोजकलाई विपक्षी र प्रतिवादी वनाएर रिट हालिएको छ ।
अन्तर्राष्ट्रिय महत्वको जैविकमार्ग र चुरे भावर क्षेत्रको वन मासेर राजधानी बनाउने प्रदेश सरकारको निर्णय विरुद्ध ‘उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश पूर्जी जारी गरी पाउँ’ भनेर ३४ वर्षीया अधिवक्ता जोशीले रिट निवेदन दर्ता गराएकी हुन् ।
अधिवक्ता जोशीले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सिंहदरवार काठमाण्डौंलाई विपक्षी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सभामुख अर्जुनबहादुर थापा र राजधानी तथा नामाकरण सम्बन्धमा गठित विशेष समितिका संयोजक सांसद् तारा लामा तामाङ्गलाई प्रतिवादी बनाएर सर्वोच्चमा रिट दर्ता गरिएको छ ।
.gif)


