सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका ७१ विद्यालय राष्ट्रपति शैक्षिक सुधारका लागि छनोट

२०७८ वैशाख ३, ०८:४३ खबर संवाददाता

धनगढी: अछामका ७१ ओटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन्।

विद्यार्थीहरुको अनुपातलाई मध्यनजर गर्दै आवश्यकताका आधारमा विद्यालय छनोट गरिएको शिक्षा विकास तथा समन्वय इकाइ अछामले बताएको छ। छनोटमा परेका विद्यालयहरुमा कमलबजार नगरपालिकाका १३, ढकारी गाउँपालिकाका १४, पञ्चदेवल विनायक नगरपालिकाका ७, तुर्माखाँद गाउँपालिकाका ८, मंगलसेन नगरपालिकाका ७ ओटा रहेका छन्।

त्यस्तै चौरपाटी गाउँपालीकाका ३, साँफेबगर नगरपालिकाका ८, रामारोशन गाउँपालिकाका ५, मेल्लेख गाउँपालीकाका ४ र बान्नीगढी जयगढ गाउँपालीकाका २ ओटा विद्यालय छनोटमा परेका शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा छ।

कमेन्ट लोड गर्नुस