सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा ११ वर्षीय बालकले मागेको कुरा नपाएपछि लिए आफ्नै ज्यान

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख २, ०४:४२ खबर संवाददाता

बझाङ: बझाङका ११ वर्षीय बालक आयुष बिसीलाई नयाँ वर्ष ‘विषु’मा नयाँ चप्पल लगाउन मन लागेको थियो।

जिल्लाको थलारा गाउँपालिका–४ डिख्लामा बस्दै आएको उनको परिवारले सुरुमा त बालकले मागेको कुरा इन्कार गरे।  

तर धेरै जिद्दी गर्न थालेपछि बुवा मोहन नयाँ चप्पल किन्न बजारतर्फ लागे। तर बालकले धेरै धैर्य गर्न सकेनन्। बुवा बजारबाट आउँदासम्म आयुषले प्राण त्यागिसकेका रहेछन्। 

१ गतेको दिन बुधबार आयुष झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

गरिब परिवारले बालकको इच्छा परिपूर्ति गर्न नसकेपछि आत्महत्या सम्मको वातावरण बनेको प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए।

बालकको शव पोस्टमार्टमपछि हिजो नै आफन्तले बुझेको उनले बताए। 


 

कमेन्ट लोड गर्नुस