सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक घरमा आगलागी

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख २, ०६:१७ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा एक घरमा आगलागी भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका -१ कलकका गणेश सिंह धामीको घरमा बुधबार आगलागी भएको प्रहरीले बताएको छ। 

आगलागीबाट गहुँ, भुसा, टायल आदि जलेर नष्ट भएको र दुई लाख ८० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिए।

त्यस्तै एक हल गोरु, गाई र बाच्छो पनि आगलागीबाट घाइते भएका उनले बताए। स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रवक्ता थापाले बताए। उनले आगलागीको कारण भने नखुलेको र अनुसन्धान भइरहेको बताएका छन्।

कमेन्ट लोड गर्नुस