सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा ५ सय जनासम्म अट्ने पार्टी प्यालेस सञ्चालनमा आयो

२०७८ वैशाख १, ०६:०९ खबर संवाददाता

धनगढी: कैलालीको अत्तरियामा ५ सय जनासम्म अट्ने पार्टी प्यालेस सञ्चालनमा आएको छ।

गोदावरी नगरपालिका–२ अत्तरिया बजारमा रहेको नमस्ते होटलले आफ्नो सेवा बिस्तार गर्दै झण्डै ५ सय जनासम्म अटाउने पार्टी प्यालेस बुधबारबाट सञ्चालनमा ल्याएको हो।

होटलका सञ्चालक लक्ष्मण धामीकी आमा किगडीदेवी धामीले उक्त उक्त पार्टी प्यालेसको उद्धघाटन गरेकी छिन्। पार्टी प्यालेस खुलेपछि ठूला खालका सभा सम्मेलन तथा विवाह, ब्रतबन्ध लगायतका पार्टीका लागि अन्यन्त्र जानुपर्ने बाध्यताको अन्त्य भएको बताइएको छ। 

पार्टी प्यालेसमा कार्यक्रम गर्न स्टेजको सुविधा, फ्रि वाईफाई, एसी, गुणस्तरीय साउण्ड सिस्टम, सफा र ताजा खाना, गुणस्तरीय सर्भिस्, पारिवारिक वातावरणसहितका सेवा सुविधाहरु रहको सञ्चालक लक्ष्मण धामीले बताए। उक्त पार्टी प्यालेस निर्माणमा ७५ लाख  खर्च लागेको उनले बताए। 

२० वर्ष सरकारी जागिरमा बिताएका सञ्चालक धामीले २०७० सालदेखि होटल व्यवसाय सुरु गरेका थिए। उनले २०७५ साल असोज ३ गतेदेखि अत्तरियामा सुविधा सम्पन्न नमस्ते होटल सञ्चालन गर्दै आएका छन्। 

कमेन्ट लोड गर्नुस