सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘गंगनम स्टाइल’को रेकर्ड तोड्ने रोजेन

२०७७ चैत्र ३१, ०१:४८

सोल:  के–पप गर्ल ग्रुप ‘ब्ल्याकपिंक’की सदस्य रोजेन पाक उर्फ रोजे कोरियन–न्यूजिल्याण्डले आफ्नो सिंगल डेब्यूबाट दुई विश्व रेकर्ड कायम गरेकी छन्।

हालै मात्र रोजेन पाकले आफ्नो गीत ‘अन द ग्राउण्ड’बाट सिंगल डेब्यु गरेकी थिइन्। गीतलाई युट्युबमा निकै रुचाइएको अमर उजालाले जनाएको छ। 

उक्त गीतले २४ घण्टामै ४१ दशमलब ६ मिलियन दर्शक पाएको छ। यो संख्यामा २४ घण्टामा सर्वाधिक दर्शक बटुल्ने उनी पहिलो गायिका पनि बनेकी छन्।

रोजेनले पीएसवाईको आइकनिक ट्रयाक ‘गंगनाम स्टाइल’को रेकर्ड पनि तोडेकी छन्। यो गीतलाई चौबिस घण्टामा ३६ मिलियन भ्यूज मिलेको थियो।

दक्षिण कोरियामा बस्ने रोजेन न्यूजिल्याण्डमा जन्मिइन् र अष्ट्रेलियामा हुर्किइन्। उनले सन् २०१२ मा वाइजी इन्टरटेनमेन्टका लागि अडिसन दिएकी थिइन्। 

कमेन्ट लोड गर्नुस