सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल माहोर वैश्य सेवा समितिद्वारा विपद् राहत कोषमा ५१ हजार रुपैयाँ सहयोग

२०८३ भदौ १५, ०४:०६ खबर संवाददाता

धनगढी: नेपाल माहोर वैश्य सेवा समितिले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। समितिले आफ्नै सदस्यहरूबीच सामूहिक रूपमा रकम संकलन गरी उक्त सहयोग गरेको हो।

समितिका अध्यक्ष मुकेश गुप्ता र महासचिव राकेश गुप्ताको नेतृत्वमा सदस्यहरूबाट रकम संकलन गरिएको समितिले जनाएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का बेला प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको हो।

नेपाल माहोर वैश्य सेवा समिति विगतदेखि नै सामाजिक तथा धार्मिक गतिविधिमा सक्रिय रहँदै आएको छ। समितिले बेहडा बाबा मन्दिरमा विशाल भण्डारासहित विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

समितिले आगामी दिनमा पनि आवश्यकताअनुसार सामाजिक सेवा, धार्मिक गतिविधि तथा विपद् प्रभावित नागरिकको सहयोगमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।

कमेन्ट लोड गर्नुस