सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको रामारोशन पूर्ण खोप सुनिश्चितता घोषणा

२०७७ चैत्र ३०, ०६:०८ खबर संवाददाता

धनगढी: अछामको रामारोशन गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ।

जिल्लालाई यही चैत्र महिनाभित्र पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने अभियान अन्तर्गत सो गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।

घोषणा कार्यक्रममा गाउँपालिकाका सबै वडाबाट सबै बालबालिकाले खोप पाएको विवरण प्रस्तुत गरिएको थियो ।

खोप उमेर समुहका सबैले खोप पाएको प्रमाणीकरण भई आवश्यक अनुगमन गरिसकेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र योसंगै अछाम जिल्ला पूर्ण खोप घोषणा भइसकेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस