बझाङको छबिस पाथिभेराका एक युवकले गरे माछापालन
धनगढी: बझाङको छबिस पाथिभेरा गाउँपालिकाका एक युवाले माछापालन व्यवसाय थालेका छन्।
गाउँपालिकाको वडा नम्बर ६ का शिवराज पुनले माछापालन गर्न थालेका हुन्। उनले उक्त वडाको माटेसाघुमा २ लाख ५० हजारको लागतमा माछापालन गरेको बताएका छन्।
उनी गाउँपालिकाकै पहिलो माछापालक व्यवसायी भएको र पोखरीमा उनले ६ हजार माछाका भुरा राखेका बताइएको छ। विदेशिनुभन्दा स्वदेशमै व्यवसाय गरी आर्थिक उपार्जन गर्न सकिने भन्दै आफू माछापालनमा लागेको पुनले बताएका छन्।