राजनीतिभित्र देश परिवर्तनमा युवाको दायित्व र भूमिका
-करन साउद
युवा भन्ने बित्तिकै हामी सबैको मन मस्तिष्कले करिब १८ वर्षदेखि ४० वर्षको एक स्वस्थ बलियो अनि केही गर्न सक्न्छु भन्ने आट गरेको व्यक्ति हो भन्ने बुझ्छ।
तर म यो कुरालाई अलि फरकबाट हेर्ने गर्छु किन कि युवा सृजनशिल हो। युवा परिवर्तनकारी हो। युवा सकारात्मक सोचको भण्डार हो। त्यसैले मैले के भन्छु भने युवा अब उमेरले होइन। सिर्जनात्मक कलाले मान्छेलाई युवा बनाउछ। कुनैपनि राष्ट्र या समाजको विकास युवा पिँढीको चेतनाको विकास कति छ त्यसमा भर पर्छ।
युवाहरुको आचरण, उनीहरुको विचार, सोच्ने तरिका, कार्यशैली, उच्च शिक्षा हासिल आदि कुराले युवाहरुको विकाससँगै देशको विकास पनि त्यसैमा भर पर्दछ। तर के युवाहरु नयाँ उर्जा र सृजनशीलताका साथ अगाडी बढिरहेका छन् त ? आजका युवाहरु केवल आफ्नो निजि स्वार्थ र सुख दुःखको बारेमा मात्र सोच्न थालेका छन्।
आफ्नो समाज राष्ट्रप्रतिको जिम्मेवारी प्रति किन गैरजिम्मेवार बन्दै गइरहेका छन् युवा ? हामी आफैबाट सञ्चालित छौ की अरु कसैबाट सञ्चालित ? अरु कसैबाट सञ्चालित हौ भने हामी युवा हुन सक्दैनौ। त्यसो भए हामी युवा दास हुन्छौ युवा हुन सक्दैनौ। युवा भनेको परिवर्तनका संवाहक हुन्, देश विकासका मेरुदण्ड हुन्। अनि सबै युवा पसिना बगाउन विदेश भासिन थालेपछी कसरी समृद्ध देश बन्छ ? कसरी सुखी नेपाली बन्छन् ?
विश्वमा कुनैपनि देश यस्तो छैन जुन देशका युवा देश निर्माणमा लागेका छन् र देश नबनेको होस्। नेपालमा नै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास गुम्न लागेको आजको अवस्था र युवाको निराशा बढ्दो क्रममा छ।
हाम्रो देशको बिडम्बना प्रत्यक दिन एक हजार ५ सय युवा बिदेसिन्छन्। ४५ लाख युवा विदेशीसकेका छन्। अहिले कतिपय युवाहरु अरबको खाडीमा पसिना बगाईरहेका छन्। भने, कतिपय युरोप, अमेरिकातिर ग्रिन भिसाको खोजिमा दौडिरहेका देखिन्छन्।
कतिपय युवाहरुको बाध्यता छ भने कतिपय रहरले विदेशिएका छन्। बच्चादेखि नै हाम्रा विद्याालयहरुमा काम गर्ने क्षेत्र विदेशी भूमिलाई सिकाएको हुन्छ। युवाको भविष्य नेपालमा नभई विदेशमा देखाइन्छ। विद्यालय स्तरको पढाइ सकेपछी प्राय युवाहरु विदेशको सपना बुन्न थाल्छन्।
यसरी देश निर्माणका कर्णधार विदेशतिर भासिनु भनेको देश प्रगति तिर होइन उधोगति तिर धकेलिनु हो। त्यसैले तपाइँ हामी मिलेर नै त्यस्तो मानसिकता चिर्न सकिन्छ र चिर्नु अति आवश्यक पनि छ।
युवा भनेको एउटा प्रवृति हो। यो प्रवृतिले केही परिवर्तन गर्ने साहस राख्दछ। तपाईँ हामीले देखेका छाैं ठुला–ठुला क्रान्तिका इतिहासका पछाडी युवा जोशको महत्व अहम छ। हामी नेपालको महान जनयुद २०६२/०६३ को जनआन्दोलन होस् या हिटलरको पाला होस् या रुसको अक्टोवर क्रान्ति। सबै संघर्षमा युवाको महत्वपूर्ण भूमिका रहेको थियो।
युवा शक्तिकै बलमा मात्र देश दुनिया अगाडी बढ्न सक्छ। आज नेपाली राजनीतिमा पनि थुप्रै पार्टीमा थुप्रै युवा छन्। तर ति युवा सबै आफ्नै पार्टीका दाश भएका छ्न। किन कि आज कांग्रेसको सरकार हुँदै गर्दा कांग्रेस भित्रका युवाले कांग्रेस सरकारले गरेका गलत कामको बिरोध गर्दैनन्। नेकपाको सरकार हुँदा नेकपा भित्रका युवाले नेकपा सरकारले गरेका गलत कामको विरोध गर्दैनन्।
अरु कुनै पार्टीको सरकार हुँदा त्यस पार्टी भित्रका युवाले आफ्नो सरकारले गरेका गलत कामको विरोध गर्दैनन्। यसबाट के प्रष्ट हुन्छ भने नेपालमा करिब ६० प्रतिशत युवा कुनै न कुनै पार्टीमा आवद्ध छन्।
करिब १० देखि १५ प्रतिशत युवा स्वतन्त्र छन्। यसबाट के प्रष्ट हुन्छ भने नेपाली युवा कुनै न कुनै पार्टीमा आवद्ध भएको देखिन्छ। जसले गर्दा यहाँ युवाहरु पार्टीको दास हुँदै जान्छन् र सहिलाई सहि भन्दा पनि पार्टीको गुलाम भएर हिड्छन्।
जसले गर्दा देश विकासका खम्बा नै यो लाइनमा हुँदा देश कसरी विकास हुन्छ ? आज नेपाली युवा एक अर्को पार्टीको विरोधमा मात्र उत्रेका छन्। सबै युवा एक जुट भएर देश विकासमा लाग्नुपर्ने समयमा एक अर्को पार्टीको बिरोध मै समय बिताइरहेका छन्। जसले गर्दा देश विकासतर्फ भन्दा पनि हिंसातर्फ जाने गर्दछ।
तर अब मेरो सम्पूर्ण युवामा अनुरोध, हामी युवाको दायित्व भनेको पार्टीको गुलामी पार्टीको एस म्यान होइन अब हामी युवाहरु हरेक पार्टीमा भएपनि पार्टी र सरकारले गरेका गलत कुराको सबै एक जुट भएर बिरोध गरौं।
समाजमा सकारात्मक सोचको विकास गर्ने तिर सिर्जनात्मक क्रियाकलातिर सबै लागौं। साना बालकका हामी युवा गुरु हौं। किन कि हाम्रो पछाडीको पिँडीले सिक्ने नै हामीबाट हो। आज हामी जे गर्दैछौ। त्यही उनीहरुले सिक्छन् त्यसैले हामी युवा सहिलाई सहि र गलतलाई गलत भनौं। विश्वका हरेक क्रान्ति तब मात्र सफल भएका छन् जब त्यस ठाउँका युवाहरु सबै एक जुट भएर लागेका छन्।
जसरी एउटा घर लगाउनको लागि जग महत्वपूर्ण हुन्छ त्यसरी नै एउटा राष्ट्र, समाज र गाउँ विकास हुनका लागि युवाको भुमिका महत्त्वपूर्ण हुन्छ। आजका बालक भोलिका युवा र पर्सिका अभिभावक हुन्। त्यसैले हामीले जे संस्कार सिक्छौ त्यही संस्कार बालकले सिक्छ।
त्यसैले संस्कार त्यस्तो हुनुपर्छ जसले सधै सकारात्मक सोच राष्ट्रप्रतिको माया अनि राष्ट्र प्रतिको इमानदारीता हुन जरुरी छ। युवाको दायित्व भनेको अहिले नेपालमा तीन तहका सरकार छन्। केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार। हामी विभिन्न सञ्चार माध्यमान थुप्रै ठाउँमा भ्रष्टाचार भएको सुन्छौ र पढ्छौ तर चुप लाग्छौ।
किन कि ती सरकार कुनै न कुनै पार्टीका हुन्छन्। अनि युवा पनि त्यही पार्टीका हुँदै गर्दा हामी युवा चुप लाग्छौ। तर त्यो हाम्रो दायित्व होइन ? हाम्रो दायित्व भनेको जुनसुकै पार्टीको होस् व्यक्ति होस् गलतलाई गलत र गलत गर्नेलाई सबै मिलेर कारवाही गर्न सक्नुपर्छ।
जबसम्म हामी युवाले देशको लागि सोच्दैनौ तबसम्म देश बन्दैन्। त्यसैले असल युवाको दायित्व र भुमिका भनेको नै राष्ट्रप्रती बफादार हुनु, न्यायका लागि लड्नु र सहिलाई सहि र गलतलाई गलत भनौं।
राष्ट्र निमार्णमा युवा वर्गको सर्वोच्च र महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुरालाई कसैले पनि नकार्न सक्दैन्। युवासँग त्यो आदम्य साहस हुन्छ जुन तेलले नै विकासको रेल अघि बढ्दछ। डा. योगी विकासनन्दले भनेका छन् ‘संसारलाई बदल्नु छ त सुरु आफैँबाट गर्नुछ’, उसैगरी गर्न सकिन्छ भने राष्ट्रलाइ परिवर्तन गर्नुछ त युवाहरुकने परिचालन गर्नुपर्छ।
युवाहरुको जिवन्त स्रोत तथा शक्तिलाई अघि ल्याउन सके राष्ट्र समुज्वल र शान्त हुन्छ। युवाले पहाडलाई फोरेर मैदान बनाउन सक्छ। युवाले मरुभूमिमा हरियाली वातावरण छाउन सक्छ र युवाले सगरमाथाको शिरमा पुगेर उत्प्रेरणा जगाउन सक्छ।
युवाले जोश र जागरका साथ असम्भवलाई सम्भव बनाउन मद्दत पुर्याउँछ। युवाको कर्मशील हातले नै राष्ट्रको भविष्य सुनौलो हुन्छ। युवा शक्तिलाई उन्नतशील राष्ट्रको दर्जा दिलाउन सदुपयोग र उत्प्रेरित समाज निर्माणमा युवा सधैँ लागिरहेको हुन्छ।
हामीलाई थाहै छ व्यक्ति व्यक्ति मिलेर परिवार अनि परिवार परिवार मिलेर समाज र समाज समाज मिलेर राष्ट्रको निर्माण हुन्छ। युवाको त्यो व्यक्तित्वलाई कसरी सबल बनाउन सकिन्छ त्यो बुझ्नु जरुरी छ। हजारौँ माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ भनेझैँ समुन्नत विकसित राष्ट्रका निम्ति एक एक युवालाई अग्रणी भूमिका प्रदान गर्न आवश्यक छ। अँध्यारोरुपी डरलाई हटाँउदै उज्यालोरुपी साहस प्रदानका निम्ति युवा सधैँ लागिरहेको हुन्छ।
ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल, सिर्जना शक्ति विश्वमा कहिले हुँदैन विफल भनेझैँ युवा आफूभित्र रहेको जिवन्त तरुणतालाई सकारात्मक तवरले उपयोग गर्न सक्नुपर्छ। राष्ट्र निमार्णका निम्ति राजनीतिक, आर्थिक, प्रशासनिक, प्राविधिक इत्यादि क्षेत्रहरुमा युवाको पहुँचतालाई बढाउनु जरुरी छ।
‘उद्धेश्य के लिनु उडी छुनु चन्द्र एक’ भनेझैँ हरेक युवाले आफूभित्र रहेको साथै खोज, रुचि, चाहना क्षमता अनि दक्षता अनुसारको लक्ष्य लिन आवश्यक छ। लक्ष्य लिँदा हरेक युवा एक ठाउँमा जम्मा भई राष्ट्रको आवस्था के कस्तो छ त भनेर विचार विर्मश राख्न आवश्यक छ।
तर यहाँ त युवाको प्रयोगभन्दा बेप्रयोग बढी छ। जतिबेलै उही युवाको प्रयोग गरेपनि सो अनुसारको लगानी युवाकेन्द्रीत नहुँदा दैनिक विदेशिने युवाको संख्याले डाँडो कटाइसकेको छ।
तर उनैले विदेशमा कमाएर पठाएको पैसामा रजाइँ छ देशमा तर उनीहरूप्रतिको नीति र कार्यक्रमहरू अहिलेसम्म पनि कमै छ। मतलब राज्य युवामैत्री अझै बन्न सकेको छैन, त्यसैले अब युवाले राज्यले गरेका हरेक कदमको निगरानी र लेखाजोखा राख्न जरुरी छ।