सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले महाकालीमा निर्माण गरेको तटबन्धनको दुबै देशका प्राविधिक टोलीले निरीक्षण गर्ने

२०७७ चैत्र २७, ०७:२७ खबर संवाददाता

धनगढीः भारतले एकतर्फी रुपमा महाकाली नदीमा निर्माण गरेको तटबन्धनको दुबै देशका प्राविधिक टोलीले स्थलगत निरीक्षण गर्ने भएका छन्। 

जिल्ला प्रशासन कार्यालय दार्चुलाकाअनुसार अप्रिल १२ अथात् चैत ३० गते गल्फै भन्दा केही पर धारचुलामा निर्माण गरेको तटबन्धनको स्थलगत निरीक्षणका लागि दुबै देशका प्राविधिकसहितको टोली आइरहेको हो। 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतीय पक्षबाट दुवै देशका प्राविधिकसहित ५/५ गरेर १० सदस्यीय टोलीले स्थलगत निरीक्षण गर्ने जानकारी प्राप्त भएको जानकारी दिए।

तर नेपाली पक्षले भने अहिलेसम्म त्यसबारे स्थानीय प्रशासनलाई आधिकारीक रुपमा जानकारी नदिएको पाइएको छ। 

भारतले सीमा नदी महाकालीको बहाव परिवर्तन गरेर दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण गरेको छ।

सीमा नदीमा संरचना निर्माण गर्दा दुवै देशको सहकार्यमा बनाउनुपर्ने भएपनि नेपाली पक्षसँग समन्वय नै नगरी भारतले तटबन्ध बनाएको छ। 
 

कमेन्ट लोड गर्नुस